Section 130
बीमा मध्यस्थता
यस ऐन बमोजिम इजाजतपत्रप्राप बीमकहरू बीचमा वा बीमा मध्यस्थकर्ताहरू बीचमा वा बीमक, मध्यस्थकर्ता वा बीमाका अन्य पक्षहरूका बीचमा कुनै विवाद उत्पन्न भई आपसी समझदारीमा समाधान हुन नसकेमा विवादमा संलग्न पक्षहरूमध्ये कुनै एक पक्षको अनुरोधमा वा प्राधिकरणको अग्रसरतामा प्राधिकरणले मध्यस्थ गरी तोकिए बमोजिम विवादको समाधान गर्न सक्नेछ।